नेपाल निजामती कर्मचारी संगठन बैतडीको अधिवेसन सम्पन्न, पदम कार्कीको अध्यक्षतामा कमिटी चयन

दार्चुला । बैतडीमा नेपाल निजामती कर्मचारी संगठनको जिल्ला अधिवेसन सम्पन्न भएको छ । शनिबार (आज) बैतडीमा सम्पन्न नेपाल निजामती कर्मचारी संगठन बैतडीको १२औँ जिल्ला अधिवेसन नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

अधिवेसनबाट दोगडाकेदार गाउँपालिकाका पदमबहादुर कार्कीको अध्यक्षतामा २१ सदस्यिय जिल्ला कार्यसमिति चयन गरिएको छ । समितिको महिला उपाध्यक्षमा दोगडाकेदारकै शान्ति साउँद, उपाध्यक्षमा डिलाशैनीका पुरुषोत्तम नाथ, सचिवमा सुर्नयाका राम सिंह महरा, सहसचिवमा पञ्चेश्वरका राइजन राम सार्की र कोषाध्यक्षमा पाटनका शिव थापा निर्वाचित हुनुभएको छ ।

नेपाल निजामती कर्मचारी कर्मचारी संगठन बैतडीका निवर्तमान अध्यक्ष महेश अवस्थीको अध्यक्षता तथा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा अधिवेसन उद्घाटन गरिएको थियो । अधिवेसनमा नेता, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । अधिवेसनबाट प्रदेश र केन्द्रीय अधिवेसन प्रतिनिधि समेत चयन गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?