दार्चुला । दार्चुला–टिंकर सडक खण्ड अन्तरगत दुहुँ गाउँपालिका वडा नम्बर ५ को चल्लेगाडामा पहिलो पटक बस पुगेको छ। दार्चुला–टिंकर सडक अन्तरगत पर्ने दुहुँ ५ को चल्लेगाडामा पहिलो पटक महाकाली यातायातको बस पुगेको दुहुँ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धन सिंह कुवरले जानकारी दिनुभयो ।
सदरमुकाम खलंगाबाट १३ किलोमिटर उत्तरमा पर्ने चल्लेगाडामा बुधवार दिउँसो पहिलो पटक बस पुगेको उहाँले बताउनुभयो । चालक आन सिंह साउँद र सुभास भट्टले सुदूरपश्चिम प्रदेश–०१–००२ ख १२६४ नम्बरको बस सफलता पुर्वक चल्लेगाडामा पुगाएको वडा अध्यक्ष कुवरले जानकारी दिनुभयो । पहिलो पटक बस पुग्दा वडा अध्यक्ष कुवर सहित स्थानीयहरुले चालक र यातायात व्यवसायीलाई स्वागत गरेका थिए ।
सडक व्यवस्थीत गरेपछि एक हप्ता पछि चल्लेगाडाबाट महाकाली यातायातले नियमित बस सेवा सञ्चालन गर्ने उहाँले बताउनुभयो ।





प्रतिक्रिया