दार्चुलामा पत्रकार महासंघ र प्रेस चौतारीको बैठक, चौतारीका प्रदेश अध्यक्ष कार्कीलाई स्वागत

दार्चुला । दार्चुला सदरमुकाम खलंगामा पत्रकार महासंघ दार्चुला र प्रेस चौतारी नेपाल दार्चुलाको बैठक सम्पन्न भएको छ । शनिवार दिउँसो बसेको पत्रकार महासंघको बैठकले सदस्यता नवीकरण शुल्क बुझाउने, महासंघको भवन निर्माण र भौतिक व्यवस्थापनका लागि पहल गर्ने, होली खेल्ने, जिल्लामा सञ्चालित मिडिया हाउस र मिडियाकर्मीको विवरण संकलन गर्ने लगायत विषयमा छलफल तथा निर्णय गरेको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष राजेन्द्र सिंह धामीले बताउनुभयो ।

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष नरेन्द्रसिह कार्कीलाई बधाई ज्ञापन गर्दै दार्चुलामा स्वागत गरिएको छ । नेपाल पत्रकार महासंघ दार्चुला शाखा र प्रेस चौतारी नेपाल दार्चुला शाखाले अध्यक्ष कार्कीलाई शनिबार स्वागत गरेको हो ।

गत फागुन १६–१७ गते धनगढीमा सम्पन्न प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनबाट कार्की अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो । निर्वाचित भएपछि दार्चुला पुगेका कार्कीलाई खलंगामा स्वागत गरिएको हो ।

प्रेस चौतारी नेपाल दार्चुला शाखाले प्रेस चौतारी नेपाल दार्चुलाका संस्थापक सचिव हुँदै प्रदेश अध्यक्ष भएकोमा कार्कीलाई बधाई ज्ञापनसहित स्वागत गरेको प्रेस चौतारी नेपाल जिल्ला शाखा अध्यक्ष लोकेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशको अधिवेशनमा प्रेस चौतारीको दार्चुला जिल्ला समितिलाई उत्कृष्ट घोषणा गर्दै सम्मानित गरिएकोमा जिल्लामा समेत बधाई र शुभकामना आदानप्रदान गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?