शैल्यशिखरको लटिनाथ समाज सेवा सुधार समितिद्धारा केशब जोशीलाई आर्थिक सहयोग

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ को लटिनाथ समाज सेवा सुधार समिति तलचौराले मोटरसाइकल दुर्घटनामा परि उपचारमा रहेका वडा नम्बर ७ देवथलीका (कोट) का केशब राज जोशीलाई आर्थिक सहयोग गरेको छ ।

होली खेलेर संकलन गरेको रकममध्ये ५ हजार १ सय ५ रुपैयाँ मोटरसाइकल दुर्घटनामा परि उपचाररत रहेका जोशीलाई हस्तान्तरण गरिएको स्थानीय मनोरथ जोशीले जानकारी दिनुभयो ।

लटिनाथ समाज सेवा सुधार समिति तलचौराले प्रतेक वर्ष होली खेलेर संकलन भएको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छ । यस वर्षपनी जम्मा ८० हजार रकम संकलन भएको र जसमध्ये ५२ हजार रुपैयाँ बचत रहेको उहाँले बताउनुभयो ।

बचत रहेको रकम सामाजिक कार्यमै खर्च गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?