गलैनाथ होली कमिटीद्धारा मोटरसाइकल दुर्घटनामा घाईते जोशीलाई आर्थिक सहयोग

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ को गलैनाथ होली कमिटी झरकाँडाले मोटरसाइकल दुर्घटनामा परि उपचारमा रहेका वडा नम्बर ७ देवथली (कोट) का केशब राज जोशीलाई आर्थिक सहयोग गरेको छ ।

होली खेलेर संकलन गरिएको रकममध्ये ५ हजार ५ सय ५५ रुपैयाँ जोशीलाई हस्तान्तरण गरिएको स्थानीय मनिराज जोशीले जानकारी दिनुभयो ।

गलैनाथ होली कमिटीले तीन दिन होली खेलेर ८३ हजार रुपैयाँ संकलन गरेकोमा ५ हजार ५ सय ५५ रुपैयाँ जोशीलाई सहयोग गरेको अर्का स्थानीय धिरेन्द्र जोशीले जानकारी दिनुभयो ।
बाकीँ रहेको रकम सामाजिक कार्यमा खर्च गरिने होली कमिटी अध्यक्ष पदम राज जोशीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?