दार्चुलाको अपिहिमालमा चैत्र ३ गतेबाट एकीकृत घुम्ती शिविर सञ्चालन हुने

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा चैत्र ३ गतेबाट चैत्र २५ गतेसम्म एकीकृत घुम्ती शिविर सञ्चालन हुने भएको छ ।

गाउँपालिकाबाट प्रवाह हुने सेवाहरु ६ वटै वडाका बस्तीहरुमा पुर्याउने उद्धेश्यले शिविर सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।

जुअनुसार चैत्र ३ गतेदेखि चैत्र ६ गतेसम्म वडा नम्बर ३ का बस्तीहरुमा शिविर सञ्चालन हुने छ । त्यस्तै चैत्र ७ गतेदेखि चैत्र १० गतेसम्म वडा नम्बर ६ मा चैत्र ११ गतेदेखि चैत्र १४ गतेसम्म वडा नम्बर २ मा घुम्ती शिविर सञ्चालन हुने उहाँले बताउनुभयो ।

चैत्र १५ गतेदेखि १९ गतेसम्म वडा नम्बर १ मा र २० गतेदेखि २५ गतेसम्म वडा नम्बर ४ का बस्तीहरुमा शिविरका माध्यमबाट सेवा दिइने गाउँपालिकाले जनाएको छ ।

शिविरका माध्यमबाट गाउँपालिकाबाट प्रवाह हुने कृषि तथा भेटेरिनरी सेवा, ज्येष्ठ नागरिक दिवा खाजा कार्यक्रम, पञ्चिकरण शाखाका सेवाहरु, अध्यक्ष ज्येष्ठ नागरिक सेवा, स्वास्थ्य जाँच, आयुर्वेदिक औषधि वितरण तथा चेकजाँच, पूर्वाधार सेवा कार्यक्रम र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको भुक्तानी लगायतका सेवा टोलहरुबाट दिइने अध्यक्ष बोहराले बताउनुभयो ।

साथै गाउँपालिकाले सेवाग्राहीहरुलाई पायक पर्ने ठाउँबाट सेवा लिन आग्रह गरेको छ ।

अपिहिमाल गाउँपालिकाले जारी गरेको एकीकृत घुम्ती शिविर सञ्चालन सम्बन्धि सूचना

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?