राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा दार्चुलाबाट विष्ट र खत्रीको उम्मेद्धारी

दार्चुला । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशनमा दार्चुलाबाट केन्द्रीय सदस्यमा कोमल राज विष्ट र ललित सिंह खत्रीले उम्मेद्धारी दिएका छन् ।

पोखरामा जारी महाधिवेशनमा दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ घर भएका ललित सिंह खत्री र शैल्यशिखर नगरपालिका वडा नम्बर ९ घर भएका कोमल राज विष्टले राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य पदको लागि उम्मेद्धारी दर्ता गराउनुभएको हो ।

राष्ट्रिय युवा संघ दार्चुलाका युवाहरुको आमुल परिवर्तन, शिर्जनशिलता, सिप तथा क्षमता विकास र युवा मैत्री कार्यक्रमको लागि आफुले केन्द्रीय सदस्यमा उम्मेद्धारी दिएको खत्रीले बताउनुभयो ।

युवा संघको सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया विफल भएपछि निर्वाचन हुने भएको छ । निर्वाचन सोमबार (भोलि) विहान बाट सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?