भिजिट भिसा प्रकरणमा गृहमन्त्री निर्दोष रहेको कांग्रेसको दाबी

दार्चुला । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको दाबी गर्नुभएको हो । यसैबीच, नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ ।

आज बसेको माओवादी पदाधिकारी बैठकले प्रश्न उठेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न उचित हुने निष्कर्ष निकालेको हो । यसबाहेक बैठकले नेसपा र नेवा राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?