दार्चुला । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशनमा दार्चुलाबाट केन्द्रीय सदस्यमा कोमल राज विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ।
पोखरामा जारी महाधिवेशनमा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ घर भएका विष्ट निर्विरोध निर्वाचित हुनुभएको हो ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यमा दार्चुलाबाट विष्ट संगै लेकम गाउँपालिका वडा नम्बर ६ घर भएका ललित सिंह खत्रीले पनि उम्मेद्धारी दिनुभएको थियो ।
राष्ट्रिय युवा संघ नेपालको नेतृत्वका लागि अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा भईरहेको छ।
शुक्रबारदेखि पोखरामा जारी महाधिवेशनको मतदान भोलि बिहान ८ बजेबाट सुरु गर्ने निर्वाचन कमिटीको तयारी छ ।





प्रतिक्रिया