दार्चुलामा एमालेको प्रशिक्षण भेला सम्पन्न: क्रियाशीलताबाट नेतृत्व, विकासको अगुवाइ एमालेबाट…

दार्चुला । नेकपा (एमाले) दार्चुलाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम खलंगामा सम्पन्न भएको छ । नेकपा (एमाले) जिल्ला कमिटी दार्चुलाको आयोजनामा शनिबार (आज) खलंगास्थित भावना सभाहलमा अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको एमाले दार्चुलाका सचिव उमेश राज जोशीले बताउनुभयो ।

एमाले जिल्ला कमिटी दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षता तथा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य तथा दार्चुला इन्चार्ज गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । उक्त भेलामा केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य गणेशसिंह धामी, प्रदेश कमिटी पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटी पदाधिकारी तथा सदस्य, पालिका कमिटी पदाधिकारी, वडा कमिटी अध्यक्ष/सचिव, जनसंगठनका केन्द्रीय, प्रदेश, जिल्ला किमिटी पदाधिकारी एंव पालिका कमिटी अध्यक्ष, निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा कार्यपालिका सदस्यहरु लगायत नेता कार्यकर्ताको आतिथ्यता र उपस्थिति रहेको थियो ।

उक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री गणेशसिह ठगुन्नाले चार वटा प्रतिक्रियावादी शक्तिबाट एमालेलाई प्रहार भईरहेको बताउनुभयो । समसामयिक राजनीति र दार्चुला जिल्लामा एमालेको कार्यभार सम्बन्धि विषयमा प्रशिक्षण गर्दै एमाले दार्चुलाका इन्चार्ज समेत रहनुभएका नेता ठगुन्नाले क्रियाशीलताका आधारमा नेतृत्व तय हुने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री ठगुन्नाले उमेरले नभई क्रियाशीलताले नेतृत्व तय हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगामी नेतृत्व केपी ओलीकै हो, अझै एक कार्यकाल ओलीको आवश्यकता छ ।’ अहिले पनि एमालेमाथि चौतर्फी प्रहार भइरहेको बेला बलियो नेतृत्वको आवश्यकत्ता रहेको छ । एमालेमाथि चारवटा शक्तिले प्रहार गरिरहेको भन्दै पार्टी कार्यकर्ताले यसको विरुद्ध लाग्नुपर्ने उहाँको भनाइ छ । खासगरी राष्ट्रविरोधी तत्व र विदेशी दलालले निरन्तर एमालेमाथि प्रहार गरिरहेका छन, उहाँले भन्नुभयो, राजावादी, कम्युनिस्ट पार्टीका खोल ओडेका विभिन्न पार्टी र नीति, उद्देश्य र एजेण्डाविहिन राष्ट्रिय स्वतन्त्र पार्टीबाट अहिले एमालेमाथि प्रहार भइरहेको उहाँले बताउनुभयो ।

पूर्वराष्ट्रपति विद्यादेबी भण्डारीले राष्ट्रको गौरवको रूपमा बस्नुपर्ने उल्लेख गर्दै उहाँले अहिले पार्टीमा विद्या भण्डारी आउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । कार्यकर्तालाई सामाजिक सञ्जाललाई पार्टीको पक्षमा सक्रिय रूपमा प्रयोग गर्न आग्रह गर्दै जनताको समस्या समाधानमा अग्रसर हुन निर्देशन दिनुभयो । जिल्ला र देशको विकासमा विगतदेखी एमालेले नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताउदै उहाँलेे चुनाव हारेर पनि हराउन सक्रिय तत्वहरूले नै एमाले माथि प्रहार गर्नुको औचित्य नरहेको बताउनुभयो । एमालेलाई चुनाव हराउन न्वारनदेखीको बल लगाउनेहरूले निर्वाचित प्रतिनिधिबाटै विकासको हिसाब खोज्नुपर्ने तर हारेको अवस्थामा समेत आफुहरूले विकासका लागि सकेको पहल निरन्तर गरिरहने उहाँको भनाइ छ ।

यस्तै भेलालाई सम्बोधन गर्दै एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशीले मदनकुमार भण्डारीद्वारा प्रतिवादित माक्र्सवादको सिर्जनात्मक नेपाली माटो सुहाउदो सिद्धान्त जबजलाई अगुवा कार्यकर्ताले गहिरोसंग बुझ्नुपर्ने तथा अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो । अहिले जनताको बहुदलीय जनबादको सेरोफेरोमा केपी ओली नेतृत्वमा एमालेले सरकार सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । जबजको मर्म प्रतिस्पर्धाबाट श्रेष्टता हासिल गर्नुपर्ने भएकोले मिसन ०८४ सफल पार्न सबै लाग्नुपर्ने उहाँको भनाइ छ ।

नेता ठगुन्ना र जोशी दुबैले नेपाली भूमि लिपुलेकमा भारत र चीनले गरेको व्यापार सम्झौताको विषयमा एमालेले बिरोध गरिसकेको र सरकारको तर्फबाट थप कुटनैतिक पहलका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र उहाँ यो विषयमा राष्ट्रियताको पक्षमा अडिक रहेको धारणा राख्नुभयो ।

यस्तै प्रशिक्षण भेलालाई सम्बोधन गर्दै एमाले प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले विधान संशोधन प्रस्ताव सम्बन्धि विस्तृतमा जानकारी गराउनुभएको छ ।

भेलामा जिल्लाको विकास, पार्टी संगठन, समसामयिक विषय र प्रस्तावित विधानको व्यवस्थाहरूका बारेमा नेता कार्यकर्ताले धारणा राख्नुका साथै छलफल भएको थियो ।

एमाले दार्चुलाको अगुवा कार्यकर्ता भेला सकिएर जिल्ला कमिटी बैठक सुरू भएको छ । आजका लागि स्थगित भएको जिल्ला कमिटी बैठक आइतबार (भोलि) बिहान ८ बजेदेखि पार्टी कार्यालयमा सुचारु हुने जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?