दार्चुला । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशको परिस्थिति असामान्य रहेको बताउनुभएको छ ।
भक्तपुरको गुण्डुमा आज भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अन्तरिम सरकार संविधान अनुसार नबनेको समेत बताउनुभयो । उहाँले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको माग लिएर अगाडि बढ्ने समेत उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले पूर्वन्यायाधीश, प्रधानन्यायाधीश भएको व्यक्ति कुनै पनि सरकारी पदमा बस्न नमिल्ने दाबी गर्नुभयो । उहाँले प्रधानन्यायाधीश र न्यायाधीश भएको व्यक्ति प्रधानमन्त्री र मन्त्रीको कुर्सीमा बस्न मिल्दैन भन्ने संविधानमा रहेको अनि राष्ट्रपतिले वर्तमान सरकारलाई चुनाव गराउने म्यान्डेट तोकिदिएको तर सरकार चुनाव गराउनेतिर नलागेको टिप्पणी गर्नुभएको छ ।
कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारले चुनाव गराउन चाहन्छ भन्ने कुरा भ्रम मात्रै भएको बताउनुभएको छ । महासचिव पोखरेलले सरकारले चुनाव गराउनका लागि राजनीतिक दलसँग कुनै पनि परामर्श नगरेको गुनासो समेत गर्नुभयो ।





प्रतिक्रिया