दार्चुला । संबिधान र लोकतन्त्रको रक्षा तथा ‘प्रतिगामी षडयन्त्रविरुद्ध’ नेकपा (एमाले) दार्चुलाले भोली जिल्ला सदरमुकाम खंलगामा जनप्रदर्शन गर्दै छ ।
भदौ २३ र २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पार्न शनिबार भोली जिल्ला सदरमुकाम खंलगामा जनप्रदर्शन तथा जनजागरण सभा गर्न लागिएको एमाले दार्चुलाका कार्यालय सचिव नारायणदत्त भट्टले जानकारी दिनुभयो।
सोही अन्तरगत एमालेले यस अघि कार्तिक २२ गते ६१ वटै वडा र कार्तिक २५ गते नौं वटै स्थानीय तहमा जनजागरण सभाको आयोजना गरेको थियो । ‘प्रतिगामी षडयन्त्रविरुद्ध’ एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत कार्तिक २९ गते भोली जिल्ला सदरमुकाम खलंगामा सद्भाव र्याली तथा सभा गर्न लागिएको एमाले दार्चुलाले जनाएको छ। कार्यक्रममा सबै वडाबाट अगुवा कार्यकर्ता र सयौं शुभेच्छुक कार्यकर्ताको सहभागीता रहने गरी तयारी गरिएको जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो। विहान ११ बजेदेखि कार्यक्रम सुरू गर्ने गरि तयारी भइरहेको बताइएको छ।





प्रतिक्रिया