डिलासैनीका स्वतन्त्र अभियान्ता हिक्मत, पूर्व वडासचिव भानसिंहसहित युवाहरू एमालेमा प्रवेश

दार्चुला । बैतडीको डिलासैनी गाउँपालिका घर भएका स्वतन्त्र युवा अभियान्ता हिक्मत धामी, पूर्व वडा सचिव भानसिंह धामीसहितका युवाहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्। डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष जोशी लगायत स्वतन्त्र उम्मेदवारलाई पुतली चुनाव चिन्हबाट जिताउन महत्वपूर्ण भुमिका खेलेका धामी एमालेमा फर्किएका हुन्।

डिलासैनी गाउँपालिका-५ घर भएका पूर्व वडासचिव भानसिंह धामी, डिलासैनी-७ का हिक्मत धामी, डिलासैनी-२ का प्रकाश खत्री, डिलासैनी-५ का विशाल बोहरा, तर्कराज नाथ, दिपक नाथ, बिनोद धामी, वीर सिङ साउद, श्याम सिह साउद, शंकर राम भुल, हरि बोहरा, रमेश साउद, नवराज भुल, हरिश भुल, नरिभान साउद, हरि साउद, गोपाल भुल, राम भुल, कृष्ण साउद, रमेश साउद लगायत युवाहरू एमालेमा प्रवेश गरेको युवा संघ बैतडीका अध्यक्ष तथा डिलासैनी-५ का वडाअध्यक्ष यज्ञराज भट्टले जानकारी दिनुभयो।

दार्चुला, बैतडीसहित देशभर एमालेले शनिबार जनप्रदर्शन तथा सद्भाव र्यालीको आयोजना गरेको छ। बढ्दो अराजकता तथा प्रतिगामी षड्यन्त्रको विरोधमा तथा संविधान र लोकतन्त्रको पक्षमा र्याली र भेलाको आयोजना गरको एमालेले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?