दार्चुला । नेकपा एमालेले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ताको निवेदन दिएको छ । एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितका नेताहरूले आज निर्वाचन आयोगको कार्यालयमा पुगेर दल दर्ताका लागि निवेदन दिनुभएको हो ।
आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य चुनावमा भाग लिन अहिलेसम्म ६७ राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
एमालेले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि पनि यसअघि दल दर्ताको निवेदन दिएको थियो ।





प्रतिक्रिया