देउवाको प्रष्टोक्ति- मुलुक चुनावमा गइसक्यो, विशेष महाधिवेशन हुँदैन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक चुनावमा गइसकेकाले त्यसअघि विशेष महाधिवेशन हुन नसक्ने प्रष्ट पार्नुभएको छ। केही पत्रकारसँगको अनौपचारिक भेटमा देउवाले चुनावपछि नै महाधिवेशन उपयुक्त हो भनेर आफूले सुझाव दिएको बताउनुभएको हो ।

पार्टीले निर्वाचन जित्न ध्यान केन्द्रित गर्नुपर्ने भएकाले महाधिवेशनमा जाँदा आपसमा मतभेद र विभाजनसम्म हुने देउवाले बताउनुभयो।

‘मुलुक चुनावमा गयो । यस्तो बेला महाधिवेशन गर्दा आपसमा विभाजन हुन्छ । महाधिवेशन हराउनेले चुनाव हराउन लाग्छन्, हराउँछन्’, उहाँले भन्नुभयो ।

चुनाव अगाडि विशेष महाधिवेशन नहुने प्रष्ट पार्दै देउवाले विशेष महाधिवेशन चुनाव अगाडि नहुने बताउनुभयो । नगरी हुन्न भन्ने हो भने मैले के भन्नू ? कार्यवाहक दिएकै छु । जे-जे गरे पनि केही भएन । महाधिवेशन उपयुक्त हो भन्ने मेरो सुझाव मानेनन् भने के गर्नु त ?’ देवाले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?