स्वतन्त्र जिताउन भुमिका खेलेका जोशी एमालेमा सक्रिय, देश बनाउने शक्तिलाई साथ दिएको भनाइ

दार्चुला । विद्यार्थी राजनीति तथा युवा आन्दोलन मार्फत विभिन्न गतिविधि गर्दै आएका बैतडीको डिलासैनीका युवा नेता दीपक जोशी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । २०७९ सालको स्थानीय निर्वाचनदेखि स्वतन्त्र रूपमा राजनीतिक गतिविधिमा सक्रिय तथा डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका जोशीले अब औपचारिक रूपमा नेकपा (एमाले) मा सक्रिय हुने घोषणा गर्दै पार्टी प्रवेश गरेका हुन् ।

एमालेमा सक्रिय भएको बताउदै जोशीले भन्नुभयो, “देश जलाउने होइन, देश बनाउने राजनीतिक शक्तिलाई मेरो साथ सहयोग रहन्छ। डिलासैनीमा आयोजित एक कार्यक्रममा नेकपा (एमाले) का तर्फबाट फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट उम्मेदवार रहनुभएका पूर्वमन्त्री दामोदर भण्डारी, प्रदेश मन्त्री सुरेन्द्र बहादुर पाल तथा युवा केन्द्रीय सदस्य गोबिन्द गिरी लगायतको उपस्थितिमा जोशीले एमाले प्रवेश गरेको युवा संघ बैतडीका अध्यक्ष तथा डिलासैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज जोशीले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै एमाले नेताहरूले जोशी जस्ता युवाहरूको आगमनले पार्टी संगठन अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् । स्थानीय स्तरमा युवामाझ प्रभाव राख्दै आएका जोशीको प्रवेशले विशेषगरी डिलासैनी क्षेत्रमा एमालेको संगठनात्मक आधार थप बलियो हुने नेताहरूको भनाई छ । एमालेसंग असन्तुष्ट भएर गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र अभियानमा लागेका अधिकांश नेता, कार्यकर्ता पुन: पार्टीमा फर्किएर जिम्मेवारी निर्वाह गरिरहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?