झण्डा जलाएर आस्थामा चोट पुर्‍याउने अपराधी हुन् : एमाले महासचिव

दार्चुला । दाङको तुलसीपुरमा रास्वपा कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाइदिएका छन् । तुलसीपुर एमाले महासचिव शंकर पोखरेलको गृहनगर हो ।

बिहीबार राति पार्टी सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाइदिएको भिडिओसमेत बाहिरिएको छ । उनीहरूले ‘केपी …, देश छोड’ भन्दै नाराबाजी गर्दै झण्डा जलाएको भिडिओमा देखिन्छ ।

सुर्खेतबाट राति लामिछाने तुलसीपुर हुँदै घोराही आइपुगेका छन् ।

यता एमाले केन्द्रीय सदस्य शान्ता चौधरीले सामाजिक सञ्जालबाट रास्वपाका कार्यकर्ताको यस कार्यको विरोध गरेकी छन् ।

‘यो भन्दा अराजकता के हुनसक्छ ? चुनाव प्रचार गर्न पाइन्छ, तर अर्को पार्टीको झण्डा जलाउन पाइँदैन, यो अराजकताको परकाष्टा हो, समयमै चेत खुलोस्’ उनले लेखेकी छन् ।

यद्यपि रास्वपा दाङका सभापति विनय घिमिरेले हिजो राति नै विज्ञप्ति निकाल्दै शुभेच्छुकहरूको उत्साहजनक उपस्थितिले अत्तालिएकाहरूले घुसपैठ गरी भ्रमपूर्ण वातावरण सिर्जना गरेको जिकिर गरेका छन् ।

झण्डा जलाउने कार्यमा पार्टीको संलग्नता नरहेको प्रष्टीकरणसहित विज्ञप्तिमा संलगनलाई कानी दायरामा ल्याउन माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?