एमाले उम्मेदवार ठगुन्ना नेतृत्वको टोलीद्धारा व्याँसको सिना र मालमा मतदाता भेटघाट र भेला सम्पन्न

दार्चुला । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेकपा एमाले नेता गणेश सिह ठगुन्ना नेतृत्वको मुल टोलीले ब्याँस गाउँपालिका वडा नम्बर ३ को सिना र वडा नम्बर २ को मालमा मतदाता भेटघाट तथा चुनावी भेला सम्पन्न गरेको छ । सम्पन्न भेटघाट तथा चुनावी भेलाका क्रममा नेपाली कांग्रेस र नेकपा परित्याग गरी ६ जनाले नेकपा एमाले प्रवेश गरेको टोलीमा सहभागी दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो।

भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दे नेता ठगुन्नाले ब्याँसबासिका सपना पुरा गर्न दार्चुला तिकंर सडकको पुर्णता र तिंकर नाका सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो। विगतका दिनमा आफु संसदमा हुदा तिंकर सडक, तिंकर नाका सञ्चालन गर्न पहल गरेको स्मरण समेत गराउनुभयो । यस पटक सबै अधुरा कामहरुलाइ पुरा गर्ने ऐतिहासिक जिम्मेवारी दार्चुलाबासिले आफुलाइ दिने विश्वास समेत व्यक्त गर्नुभएको छ ।

भेटका क्रममा जनता तथा मतदाताको उल्लेख्य माया, आशिर्वाद, सहयोग र समर्थन पाइएको एमालेबाट समानुपातिक उम्मेदवार जहेन्द्र सिंह ऐतवालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?