दार्चुलामा निर्वाचनमा खटाइएका कर्मचारीको लागि आज र भोली दुई दिन तालिम सञ्चालन हुँदै

दार्चुला । आसन्न निर्वाचनलाई लक्षित गर्दै खटाइएका कर्मचारीका लागि आज र भोलि दुई दिन तालिम सञ्चालन भइरहेको छ। निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि दुई चरणमा तालिमको आयोजना गरिएको हो।

जिल्ला निर्वाचन कार्यालय दार्चुलाका अनुसार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्न तालिम सञ्चालन गरिएको हो। कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीले तालिममा मतदान प्रक्रिया, कानुनी व्यवस्था, व्यावहारिक पक्ष तथा कार्यसम्पादन सम्बन्धी विषय समेटिएको जानकारी दिनुभयो।

उहाँका अनुसार मतदान अधिकृत तथा सहायक मतदान अधिकृतले निर्वाह गर्नुपर्ने काम, कर्तव्य र अधिकारक्षेत्र, मतदान केन्द्र व्यवस्थापन तथा निर्माणको प्रक्रिया लगायत विषयमा प्रशिक्षण दिइनेछ।

फागुन १३ गते आज अपिहिमाल, व्यास, मार्मा, लेकम र नौगाड गाउँपालिकामा खटिने कर्मचारीका लागि तालिम सञ्चालन हुनेछ भने फागुन १४ गते भोली शैल्यशिखर र महाकाली नगरपालिका तथा मालिकार्जुन र दुहुँ गाउँपालिकामा खटिने कर्मचारीका लागि तालिम आयोजना गरिएको छ।

एक निर्वाचन क्षेत्र रहेको जिल्लामा विभिन्न राजनीतिक दलबाट ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जिल्ला निर्वाचन कार्यालयले निर्वाचनको तयारी तीव्र रूपमा भइरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?