दार्चुलामा समानुपातिकतर्फ पनि एमाले पहिलो

दार्चुला । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा प्रत्यक्षतर्फ विजयी भएको नेकपा (एमाले) समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ।

समानुपातिक प्रणाली अन्तर्गतको मतगणना सम्पन्न हुँदा नेकपा (एमाले) ले १६ हजार ९ सय ९ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। प्रत्यक्षतर्फ पनि एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना १८ हजार ८९१ मतसहित विजयी हुनुभएको थियो ।

समानुपातिकतर्फ दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले १३ हजार ८८१ मत प्राप्त गरेको छ।

त्यस्तै, समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२ हजार २०७ मतसहित तेस्रो स्थानमा रहेको छ। चौथो स्थानमा नेपाली कम्युनिष्ट पार्टीले ३ हजार ५९२ मत प्राप्त गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ हजार १२८ मत प्राप्त गर्दै पाँचौँ स्थान हासिल गरेको निर्वाचन कार्यालयले जनाएको छ। अन्य राजनीतिक दलहरूले भने एक हजारभन्दा कम मत प्राप्त गरेका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुलाबाट ११ राजनीतिक दलका ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?