कांग्रेस बैठकः यी हुन् छलफलका ५ एजेन्डा

दार्चुला । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय भएको छ। पार्टी मुख्यालय सानेपामा केही बेरपछि सुरु हुने बैठकमा महामन्त्री प्रदीप पौडेलले छलफलका लागि एजेन्डा पेस गर्न लागेका हुन्।

एजेन्डा पेस गर्नुअघि सभापति गगन थापाले सम्बोधन गर्नेछन्।

छलफलमा संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औँ महाधिवेशन तयारी, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ सङ्घ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिलगायतका विषय समेटिएका छन्।

बैठकले कांग्रेसबाट अलग भएको घोषणा गरेका नेविसंघ नेतृत्वमाथि कारबाही गर्ने तयारी समेत गरेको छ।

बैठकले भदौ २४ गते १५ औँ महाधिवेशन उद्घाटन गर्नेगरी कार्यतालिका ल्याउने तयारी गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?