दार्चुला । आज नेपालमा कम्युनिष्ट पार्टी ‘नेकपा’ स्थापनाको ७७औँ दिवस, एमालेसहित कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउँदैछन् ।

जहानियाँ राणा शासनकै समयमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलो पल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।

त्यस बेला पुष्पलाल पार्टीको महासचिव बन्नुभएको थियो । यस बीचमा शृङ्खलाबद्ध टुटफुट र सत्ता केन्द्रित राजनीतिले नेपालको कम्युनिष्ट आन्दोलन धरापमा परेको टीकाटिप्पणी हुँदै आएको छ । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देशमार्फत नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठन आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

यस्तै एमालेका महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) सामु लोकप्रियतावाद र अवसरवाद केही समयको पाहुना जस्तै भएको बताउनुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?