चौथो संस्करणको मालिकार्जुन गाउँपालिका अध्यक्ष कप क्रिकेटको उपाधि पस्तीलाई

दार्चुला । चौथो संस्करणको मालिकार्जुन गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि पस्ती स्पोर्ट्स क्लबले जितेको छ । फाइनल खेलमा मालिकार्जुन–१, भर्तोलालाई २९ रनले पराजित गर्दै पस्ती स्पोर्ट्स क्लबले चौथो संस्करणको अध्यक्ष कपको उपाधि हात पारेको हो।

प्रतियोगिताको विजेता टोलीले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ तथा उपविजेता टोलीले ३२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष विनोदसिंह धामीले बताउनुभयो। त्यस्तै उपविजेता टोलीले ३२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो । व्यक्तिगत विधामा विजेता पस्तीका खेलाडी नरेन्द्र महरा म्यान अफ द टुर्नामेन्ट घोषित हुनुभएको छ । त्यस्तै पस्तीकै गोपाल सिंह धामी सर्वाधिक रनकर्ता, हुनैनाथका कमल सिंह धामी सर्वाधिक छक्का प्रहार गर्ने र अनुशासित खेलाडी बन्नुभएको छ । प्रतियोगितामा पस्तीका निखिल कुँवरले सर्वाधिक विकेट लिनुभएको थियो ।

सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी, सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, उत्कृष्ट फिल्डर तथा फेयर प्ले लगायतका विधामा सम्मान गरिएको अध्यक्ष धामीले बताउनुभयो।

स्थानीय युवाहरूको हौसला, एकता र खेलकुदप्रतिको उत्साहलाई निरन्तर प्रोत्साहन गर्ने उद्देश्यले मालिकार्जुन गाउँपालिकाले २०८० सालदेखि नै पस्ती स्पोर्ट्स क्लबलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो।

खेलकुदमार्फत युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्दै सामाजिक तथा सामुदायिक क्षेत्रमा समेत योगदान पुर्‍याउने उद्देश्यले क्लबले आगामी दिनमा पनि विभिन्न कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
प्रतियोगिताको समापन समारोहमा मालिकार्जुन गाउँपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्र सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।

शंकरपुर खेल मैदानमा भदौ १८ गतेदेखि सुरु भएको प्रतियोगितामा १३ वटा टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिता सफल बनाउन सहयोग, हौसला तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्ने खेलाडी, दर्शक, सहयोगी, शुभेच्छुक तथा सम्बन्धित सबैप्रति पस्ती स्पोर्ट्स क्लबले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?