दार्चुला । नौगाड गाउँपालिकाको होपरीगाड–सिप्टी सडकअन्तर्गत नौगाड खोलामा ह्युमपाइप हाल्ने काम सम्पन्न भएको छ। ह्युमपाइप राखिएसँगै खलंगा र गोकुलेश्वरबाट सिप्टी तथा होपरीसम्मको यातायातमा सहजता भएको गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले जानकारी दिनुभएको छ।
अध्यक्ष धामीका अनुसार होपरीगाडदेखि सिप्टी–होपरी सडकमा सफाइको काम सम्पन्न भएपछि उक्त सडकमा यात्रा अझ सहज हुनेछ।
गाउँपालिकाको प्राविधिक शाखाले साउन महिनादेखि नै अवरुद्ध सडक खुलाउने कामलाई निरन्तरता दिइरहेको छ। यसअघि देथला–खार–खलंगा सडकखण्डअन्तर्गत तल्लो नर्सरीदेखि जामिरसम्मको सडक सफाइको कामसमेत सम्पन्न भइसकेको अध्यक्ष धामीले बताउनुभएको छ।
अध्यक्ष धामीले सामाजिक सञ्जाल फेसबुकमार्फत सडकमा ह्युमपाइप राख्ने तथा अवरुद्ध सडक खुलाउने कामबारे जानकारी दिनुभएको हो।





प्रतिक्रिया