दार्चुला बहुमुखी क्याम्पसमा विद्यार्थीको रक्तसमूह पहिचान कार्यक्रम सम्पन्न

दार्चुला । दार्चुला बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको रक्तसमूह पहिचानका लागि एकदिने कार्यक्रम सम्पन्न भएको छ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), दार्चुला बहुमुखी क्याम्पसको आयोजना तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र जिल्ला अस्पताल, दार्चुलाको प्राविधिक सहजीकरणमा सोमबार (आज) कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूको सही रक्तसमूह पहिचान गरी अभिलेख तयार गर्ने तथा भविष्यमा क्याम्पस परिवार र जिल्लाभित्र पर्न सक्ने आपतकालीन स्वास्थ्य अवस्था एवं रगतको आवश्यकतालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्ववियु अध्यक्ष प्रकाश बडुले जानकारी दिनुभयो।

प्राविधिक टोलीको सहयोगमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूको रक्तसमूह परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो। परीक्षणबाट संकलन गरिएको विवरणलाई आपतकालीन रक्तदान सेवाका लागि व्यवस्थित रूपमा सुरक्षित राखिने स्ववियु अध्यक्ष बडुले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?