दार्चुलाको मालिकार्जुनमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ भगवतीमा प्रथम युवा एकता कप २०८३ भलिबल प्रतियोगितासहित विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएका छन्।

भगवती युवा समाज र बिरगन्ज सामुदायिक आँखा केन्द्रको आयोजनामा आगामी कात्तिक १९ गतेदेखि मालिकार्जुन गाउँपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय ठिंडको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भगवती युवा समाजका अध्यक्ष भरत सिंह धामीले जानकारी दिनुभयो।

प्रतियोगिता अन्तर्गत वडा स्तरीय भलिबल प्रतियोगिता, महिला तथा पुरुष देउडा प्रतियोगिता, एकल गायन, अन्तरविद्यालयस्तरीय वक्तृत्वकला, घैँटाफोड र कुर्सी दौड प्रतियोगिता सञ्चालन गरिनेछ। वक्तृत्वकला प्रतियोगिताको विषय ‘समाज निर्माणमा युवाहरूको भूमिका’ तय गरिएको उहाँले बताउनुयो ।

प्रतियोगिताका प्रत्येक विधामा विजेतालाई नगद पुरस्कार, प्रमाणपत्र र मेडलसहित सम्मान गरिने उहाँले बताउनुभयो। भलिबल प्रतियोगिताको पुरस्कार राशि भने प्रतियोगिता सुरु हुनुभन्दा एक हप्ता अगाडि सार्वजनिक गरिने जनाइएको छ।

प्रतियोगितासम्बन्धी थप जानकारीका लागि अध्यक्ष भरत सिंह धामी ९७४९३१९९८२ वा अन्य पदाधिकारीलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?