कैलाली । कैलालीमा कोरोना संक्रमणबाट वडा अध्यक्षको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट वडाध्यक्ष शाहको मृत्यु भएको नेकपाका कैलालीका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले जानकारी दिनुभयो ।
शाह १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
शाह गौरीगंगा नगरपालिकाका प्रवक्ता समेत थिए । तर शाहको मृत्युबारे अस्पतालले भने औपचारिक रुपमा पुष्टि गरेको छैन् ।




