पाण्डेमाथि भएकाे घटनाकाे घाेर निन्दा र भर्त्सना गर्दछौँ : नेता नेपाल र खनाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आफ्नै कार्यकर्ताले अभद्र व्यवहार गरेका छन् ।

चितवनमा शनिबार भएको कार्यक्रममा नेता पाण्डेले बोलिरहेको समयमा आफ्नै कार्यकर्ता र त्यहाँका स्थानीयले अवरोध गरेका हुन् । राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेको बेला पाण्डेलाई अभद्र व्यवहार गरिएकाे हाे ।

यसैबीच, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेता पाण्डेमाथि केही व्यक्तिले सुनियोजित रूपमा अभद्र व्यवहार गरेको भन्दै असन्तुष्ट हुनुभएको छ । सभ्य, सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिस्ट आदर्श अबलम्बन गर्ने लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि यस्ता गतिविधि पटक्कै नसुहाउने उहाँको भनाइ छ । नेता नेपालले दुर्व्यवहार गर्नेहरूको छानबिन गरेर कडा कारबाही गर्न माग गर्नुभएको छ ।

No description available.

यसैबिच यो व्यवहारलाई लिएर नेकपाका वरिष्ठ नेता झलनाथ खनालले एक वक्तव्य जारी गर्दै आपत्ति जनाउनुभएको छ । उहाँले पाण्डेमाथि भएको सुनियोजित घटनाले गम्भीर बनाएको बताउनुभएको हो ।

पाण्डेले आफ्ना भनाइ राखिरहेको बेला केही अराजक व्यक्तिहरुले गरेको अभद्र व्यवहार र नाराबाजीलाई लिएर नेता खनालले घोर निन्दा तथा भर्त्सना गर्नुभएको छ ।

उहाँले कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण र आदर्श विपरीत भएको घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्नेतर्फ पार्टी कमिटीको ध्यानाकर्षण गराउनुभएको छ ।

यस्ताे छ विज्ञप्ति–

वक्तव्य;
मिति: 2077/8/6

विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा रहनुभएका पार्टी स्थायी कमिटी सदस्य, पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क. सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ ।

कार्यक्रममा आफ्ना भनाइहरू राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले स गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैर–जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु ।

कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण समेत गराउँछु ।

पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरूले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पूर्ण नेता / कार्यकर्तालाई विनम्र अनुरोध छ ।

झलनाथ खनाल
वरिष्ठ नेता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

पाण्डेमाथि भएको अभद्र व्यवहारको पर्यटनमन्त्री तथा नेकपा नेता योगेश्वर भट्टराईले हुलहुज्जत नभइ विमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता भएको बताउनुभएको छ ।

यसअघि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि पाण्डेमाथिको अभद्र व्यवहार लोकतान्त्रिक पार्टीका लागि पटक्कै नसुहाउने गतिविधि भएको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?