दार्चुला । सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बुसिह बोहराले दार्चुला सदरमुकाम खलंगामा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा वर्तमान सरकारले सीमा सुरक्षा र सडक लगायत पुर्वाधार निर्माणमा जोड दिएर काम गरिरहेको धारणा राख्नुभयो ।

संघीय सरकारमार्फत दार्चुला निर्वाचन क्षेत्र नम्बर १ (क) को सबै पालिकाहरुसहित तीन देशलाई जोड्ने महाकाली करिडोर प्राथमिकताका साथ निर्माण भइरहेको छ, प्रदेशसभा सदस्य बोहराले भन्नुभयो, सीमा क्षेत्रमा पुग्ने सडकमा राम्रो प्रगति भइरहेको छ । तिकंर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय भइसकेको र सेनाले आवश्यक प्रकृया अगाडी बढाएकोले सीमासम्म चाडैँ सडक निर्माण हुने सम्भावना बढ्दै गएको छ ।

प्रदेश सरकारबाट शिक्षा, खानेपानी, तटबन्ध, सडक लगायत सबै क्षेत्रमा छोटो समयमा उल्लेखनिय काम भएको प्रदेश सभा सदस्य बोहराको दाबी छ । दार्चुलाको ऐरिछाना धनथला सडकमा थोरै बजेट भएको कुरालाई प्रदेश सरकारलाई ध्यानआकर्षण गराएको बताउदै उहाँले निकट भविष्यमा बहुबर्षिय ठेक्काको रुपमा निर्माण गर्ने तयारी भएको जानकारी दिनुभयो । यस्तै मालिकार्जुन दत्तु थाप्ला सडक निर्माण प्रकृयामा रहेको, खलंगा, दल्लेख, देथला हुदै पारिबगर खण्डेश्वरी जोड्ने सडक प्रदेश गौरबको आयोजनाका रुपमा अगाडी बढेको, भर्तोला, जोलजिबि, लाली, शेरा सडकमा टेण्डर गर्ने पहल भइरहेको उहाँको भनाई छ ।

कालापानी लिपुलेक र लिम्पीयाधुरा क्षेत्रको विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारले ५ करोड रुपैँया बजेट बिनियोजित गरेर विशेष प्याकेजको घोषणा गरेको छ । जसअन्तरगत दशैँको समयमा ढुवानी अनुदानमा खाद्यान्न सामाग्री पुर्याइएको उहाँले बताउनुभयो ।

व्यासको बाटो निर्माणमा पालिकाले असहयोग गरेको प्रदेश सभा सदस्य बोहराको भनाई छ । स्वदेशबाट गाउँपुग्ने राम्रो बाटो नहुदा गत जेठमा व्यासबासी खलंगाबाट व्यास उक्लिदा केहि परिवार खलंगाको झोलुगें पुल तरेर तथा केहि परिवार तम्बाकुमा अस्थाइ पुल हालेर भारतको बाटो प्रयोग गर्दै गाउँसम्म गएका थिए । व्याँसबाट मंसिरमा खलंगा झर्नुभन्दा पहिले व्यासबासीका लागि स्वदेशकै बाटो निर्माण गरिसक्ने प्रतिवद्धता जनाइएको भएपनि व्यास गाउँपालिकाको गैरजिम्मेवारीपनका कारण अहिले पनि भारतकै बाटो भएर आउनुपर्ने बाध्यता कायम रहेको उहाँको भनाई छ ।

घाँटीबगर भन्दा माथिल्लो क्षेत्रमा नेपाली सेनाले ५५० मिटर घोडेटो बाटो खोलेपनि व्यास २ तम्बाकुमा खोल्न नसक्दा भारतबाट आउनुपर्ने बाध्यता कायमै रहेको प्रदेश सभा सदस्य बोहराले बताउनुभयो । प्रदेश र संघीय सरकारको प्रयाप्त बजेट हुदाहुदै गाउँपालिकाले उपभोक्ता समिति गठनदेखि कार्यान्वयनमा जिम्मेपार नबनेको कारण समयमै बाटो निर्माण हुन नसकेको उहाँको भनाई छ ।
व्यासमा काम गर्न सरोकारवालाहरुलाई बाइपास गरेर खलंगामा उपभोक्ता समिति गठन गरेर विकासमा गाउँपालिकाले अवरोध गरेको नेकपाबाट निर्वाचित सासंदहरुले गुनासो गरेका छन् । विकासको नाममा राजनीति नगर्न गाउँपालिकालाई सासंदहरुले सुझाएका छन् ।

फरक प्रशंगमा प्रदेश सभा सदस्य बोहराले सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा खर्च गर्न क्वारेन्टाइन निर्माण देखि राहत वितरणका लागि स्थानीय तहमा पटकपटक बजेट विनियोजन गरेको बताउनुभयो ।

प्रदेश सभा सदस्य बोहराले पत्रकार सम्मेलनमा सम्बोधन गरेको भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?