अनाथ र सहाराविहीनको साथमा सरकारः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कसैलाई एक्लो महशुस गर्न नदिने बताउनुभएको छ ।

सामाजिक सुरक्षा दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सरकार साथमा रहेकाले अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने उल्लेख गर्नुभयो ।

अनाथ वा सहाराविहीन हुनु दुःखको कुरा हुने भन्दै प्रधानमन्त्री ओलीले योगदानमा आधारीत सामाजिक सुरक्षा अवधारणा सुरू गरिसकिएको पनि बताउनुभयो ।

समाजका कोही पनि सदस्य सुरक्षा नपाएर त्रसित भएर जीवनयापन गर्न नपरोस् भनेरै यस्ता कार्यक्रम लागू गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

सरकार सुशासन र विकास अभियानमा अगाडि लम्किरहेको उहाँको दावी छ । देश र जनताप्रति निष्ठा भएको सरकारले कसैलाई पनि एक्लो नछोड्ने र एक्लो महशुस गर्न नदिने प्रधानमन्त्री ओलीको प्रतिवद्धता छ ।

सरकारले हरेक वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?