दार्चुला । शैल्यशिखर नगरपालिकामा अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।
शैल्यशिखर नगरपालिका अन्तरगतका विभिन्न वडाहरुमा गत वर्ष सम्झौता भइ काम सम्पन्न गरिसक्दापनि गत असार मसान्तभित्रै भुक्तानी गरिसक्नुपर्ने रकम हालसम्म भुक्तानी नगरेको, करारमा कार्यरत कर्मचारीको तलबभत्ता नदिएको र प्रदेश सरकारबाट विद्यालय सहयोगीहरुलाई प्रदान गरिएको पोषाक भत्ता समेत नदिएको लगायत मागहरु राख्दै तालाबन्दी गरिएको संघर्ष समिति संयोजक राजेशसिंह बिष्टले जानकारी दिनुभयो ।
उल्लेखित बिषय नगरपालिकाको काम भएकोले नगरपालिकाले काम गर्ने शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकसिंह कुवँरले बताउनुभयो ।
तालाबन्दी गरिएको विषयमा रेडियो लोकदर्पणबाट सम्पर्क गर्दा राजनैतिक गुटबन्दीको कारण तालाबन्दी गरिएकोले भोलि शनिबार विदा परेको र आईतबार जुनसुकै हालतमा पनि कार्यलय खुल्ने नगरपालिकाका अधिकारीहरुले बताएका छन् ।
संघर्ष समितिले तलब भुक्तानीको विषय उठान गरेकोमा भुक्तानी दिनुपर्ने कर्मचारीमध्ये कोई पनि तालाबन्दीमा सहभागी नरहेको तथा कर्मचारीहरु सबै सम्पर्कमा आइसकेको र नगरपािलकाले तोकेको समयमा भुक्तनी दिने विषयमा सहमती भएको प्रमुख प्रशासकिय अधिकृत कुवँरले बताउनुभयो ।
तालाबन्दी भएको विषयमा सुरक्षाकर्मीहरुलाई जानकारी गराएका छौ, उहाँले भन्नुभयो, तालाबन्दी गर्दा सेवाग्राही मारमा पर्ने भएकोले सेवाग्राहीले ताला खोल्छन, ताला खोल्ने क्रममा कुनै घट्ना भएमा नगरपालिका जवाफदेहि हुनेवाला छैन् ।
नगरपालिकाकाले आफुले गर्ने काम गरिरहेकोले त्यस क्रममा नगरपालिकाको मान प्रभावित हुने खालका क्रियाकलाप सह्य नहुने नगरपालिकाले जनाएको छ ।
संघर्षरत पक्षले भने नगरपालिकामा अनियमित गतिविधिहरु भइरहेकोले आन्दोलन गर्नुपरेको जनाएको छ । जनताको जनजीवनसंग प्रतक्ष सरोकार राख्ने विषयमा भइरहेको अनियमितता नरोकिए आम जनता सडक आन्दोलनमा उत्रिने संघर्ष समितिको चेतावनी छ ।
तीन दिन पहिले २४ घण्टाको समय भित्र भुक्तानी लगायतका समस्या समाधान गर्ने प्रकृया थाल्न माग राख्दै नगरपालिकामा ध्यानआकर्षण पत्र बुझाइएको भएपनि सुनुवाइ नभएको भन्दै आज दिउँसो तालाबन्दी गरिएको थियो । दिउँसो गरिएको तालाबन्दी प्रहरीको रहोबरमा खोलिएपछि संघर्षरत पक्षले दोस्रो पटक ताला लगाएको संयोजक बिष्टले बताउनुभयो ।





प्रतिक्रिया