दार्चुला । सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशीले मार्मा गाउँपालिकामा निर्माण हुने स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभएको छ ।

मार्मा गाउँपालिका वडा नम्बर १ घोल्जरमा मार्मा गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारको समपुरक अनुदानमा निर्माण हुने भवनको सोमबार (आज) एक कार्यक्रमका बीच उपसभामुख जोशीले शिलान्यास गर्नुभएको हो ।

भवन शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णसिह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी, गाउँपालिका उपाध्यक्ष बागमति ठगुन्ना, मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम पन्त लगायतको आतिथ्यता रहेको थियो ।

छविमा समावेश हुनसक्ने: ४ जना मानिसहरू, Jaman Singh Dhami सहित, हिमाल, बच्चा, बाहिरी तथा  प्रकृति

यसअघि आइतबार यो क्षेत्रको दह र तौलीमाण्डौ बस्तीको लागी उपसभामुख जोशीले सामुदायिक स्वास्थ्य इकाई केन्द्रको उद्घाटन गर्नुभएको थियो । मार्मा गाउँपालिकाको वडा नम्बर १ घोल्जर क्षेत्र भौगोलिक विकटता भएको क्षेत्र हो ।

मार्मा गाउँपालिकाले सबै विकट बस्तीहरुका नागरिकहरुलाई आधारभुत स्वास्थ्य सेवाको सुनिश्चितता गर्न आधा दर्जन बढी बस्तीमा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको स्थापना गरेको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो ।

उपसभामुख जोशी नेतृत्वको टोलीले वडा नम्बर १ का वस्तीहरुमा आइतबार र सोमबार कार्यकर्ता भेटघाट समेत गरेको उपसभामुख जोशीका स्वकिय सचिव हरिश भट्टले बताउनुभयो ।

छविमा समावेश हुनसक्ने: ८ जना मानिसहरू, Jaman Singh Dhami सहित, उभिएका मानिसहरू तथा  बाहिरी

छविमा समावेश हुनसक्ने: एक वा थप मानिसहरू, आकाश तथा  बाहिरी

छविमा समावेश हुनसक्ने: १३ जना मानिसहरू, उभिएका मानिसहरू तथा  बाहिरी

छविमा समावेश हुनसक्ने: २ जना मानिसहरू, उभिएका मानिसहरू, हिमाल, आकाश, बाहिरी तथा  प्रकृति

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?