दार्चुला । राजसंस्था र हिन्दू राष्ट्रको पुनस्थापनाको माग गर्दै दार्चुला सदरमुकाम खलंगामा प्रदर्शन भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाले राजसंस्था र हिन्दु राज्यको माग्दै प्रदर्शन गरेको हो।
नेपाललाई सनातन हिन्दु राज्य कामय गर, राष्ट्रिय एकताको अखण्डता र संवैधानिक राज संस्था हाम्रो मान्यता, राष्टिय विभूतिहरूको सम्मान, सम्पूर्ण नेपालीको स्वाभिमान भन्दै प्रदर्शन गरिएको हो ।
दार्चुला सदरमुकाम बजार क्षेत्रमा गरिएको प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी दार्चुलाका जिल्ला अध्यक्ष बिरसिंह बडालले हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्थापनाको पक्षमा प्रदर्शन गरिएको बताउनुभयो ।
वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको पनि उहाँले आरोप लगाउनुभयो । सरकार संचालन गरिरहेका नेताहरु भ्रष्टाचार गरेर भागबण्डा गर्नमै व्यस्त रहदा देश रोइरहेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
प्रदर्शनमा सहभागीहरुले राजतन्त्रको पक्षमा नारावाजी समेत गरेका थिए । देशमा भइरहेको लुटतन्त्र लगायतका अन्य अनैतिक क्रियाकलापको कारणले गर्दा देशमा आतकं मच्चिरहेको उहाँहरुको भनाई थियो।नेपाली जनताहरु अहिलेको शासन व्यवस्था भन्दा राजा आएकै राम्रो हुने पक्षमा रहेको प्रदर्शनकारीको भनाई छ।





प्रतिक्रिया