प्रचण्डलाई भेट्न ओली खुमलटारमा

दार्चुला । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको छ ।

पार्टीमा आन्तरिक विवाद बढेका बेला ओली प्रचण्डलाई भेट्न उहाँकै निवास खुमलटार जानुभएको हो । ओली आफैं प्रचण्ड निवास जानुलाई अर्थपूर्णरुपमा हेरिएको छ । ओलीसँगै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि पुग्नुभएको छ । पार्टीभित्रको विवाद समाधानबारे यसअघि हिजो पनि ओली र प्रचण्डबीच छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष प्रचण्ड हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विषयमा पछिल्लो पटक नेकपाभित्र विवाद छ ।

यसअघि बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखेर पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो । नेकपा स्थायी कमिटीको अर्को बैठक भोलि बस्नेछ ।

केन्द्रीय कमिटीको बैठक पुस १० मा बस्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?