ओली र प्रचण्डबीच भेटवार्ता: वामदेव पनि सहभागी

दार्चुला । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ ।

प्रचण्ड र ओलीबीच झण्डै डेढ घण्टा खुमलटारमा छलफल भएको हो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली अर्का अध्यक्ष प्रचण्डलाई भेट्न बिहान उहाँकै निवास खुमलटार पुग्नुभएको थियो । दुई अध्यक्षबीच छलफल भइरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि सहभागी हुनुभएको थियो ।

स्थायी कमिटी बैठकको अघिल्लो दिन प्रचण्डलाई भेट्न ओली उहाँकै निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा स्थायी कमिटीको अर्को बैठक भोलि बस्दैछ । तर छलफल र सहमतिबारे खुलाइएको छैन । पार्टीभित्रको विवाद समाधानबारे यसअघि हिजो पनि ओली र प्रचण्डबीच छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष प्रचण्ड हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विषयमा पछिल्लो पटक नेकपाभित्र विवाद छ ।

यसअघि बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखेर पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको समावेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?