सानेपामा सुरु भयो प्रचण्ड-देउवासहितको सर्वदलीय बैठक

दार्चुला । प्रतिनिधिसभा विघटनको विरुद्वमा रणनीति बनाउन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीच छलफल सुरु भएको छ ।

काँग्रेस पार्टी कार्यालय सानेपामा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल , माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा भुसाल काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक, जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र सोनल सहभागी छन् ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायतका नेता भने आउने भनिए पनि बैठकमा अनुपस्थित भए । सर्वदलीय बैठक अघि काँग्रेस नेतहरुले आन्तरिक परामर्श पनि गरेको थिए । नेकपा र जसपाका नेताहरु सानेपा केही ढिलो गरि आउँदा ४ बजेलाई बोलाइएको बैठक ५ बजेबाट सुरु भएको हो ।

सानेपा आउनुअघि नेकपा र जसपाले पनि आन्तरिक छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?