शैल्यशिखर–४ रानिशिखरसम्म सडक विस्तार, स्थानीय हर्षित

दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ४ रानिशिखरसम्म सडक विस्तार भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको एक करोड ५२ लाख बजेटमा शैल्यशिखर नगरपालिका वडा नम्बर ४ रानिशिखरसम्म देथला–रानिशिखर सडक खण्ड विस्तार गरिएको हो ।

शैल्यशिखरको विकट गाउँ मानिने रानिशिखरसम्म सडक विस्तार भएपछि स्थानीय हर्षित भएका छन् ।

यातायातको पहुँच नहुदा रानिशिखरवासीले अहिलेसम्म थुप्रै समस्या र चुनौतीहरुको सामना गर्नुपरेको थियो । सडक नियमित रुपमा सञ्चालन हुन सके रानिशिखरवासीलाई धेरै सुविधा र सहजता हुने स्थानीय हरिश सिंह ठगुन्नाले जानकारी दिनुभयो ।

गाउँसम्म सडक विस्तार भएपछि स्थानीयले दार्चुलाबाट निर्वाचित सासंदहरुलाई धन्यबाद ज्ञापन गरेका छन् ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?