दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय कमिटी सदस्य एवं विघटित प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्ना पहिलो पटक मन्त्री बन्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) हेरफेर तथा विस्तार गर्नु भएको मन्त्रिपरिषदमा नेता ठगुन्नाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।

मन्त्री गणेश सिंह ठगुन्नाको जन्म २०२५ साल मंसिर २२ गते दार्चुलाको महाकाली नगरपालिकामा भएको हो । उहाँले स्नातक सम्मको अद्ययन गर्नुभएको छ । झण्डै २०४५ सालदेखि राजनीतिमा सक्रिय ठगुन्ना पटक–पटक तत्कालिन नेकपा एमालेको दार्चुला पार्टी प्रमुख हुनुभएको छ ।

२०५४ सालको स्थानीय निर्वाचनमा एमालेले बहुमत ल्याएपछि उहाँ जिल्ला विकास समिति दार्चुलाको सभापती समेत हुनुभएको थियो । जिल्ला विकास समितिमा सभापती हुदा उहाँले विकासप्रेमी तथा इमानदार नेताको परिचय बनाउन सफल हुनुभयो । २०६४ सालमा तत्कालिन नेकपा माओबादी केन्द्रका उम्मेदबार लक्ष्मीदत्त जोशीसंग पराजित नेता ठगुन्ना त्यसपछि दार्चुलाबाट दुई पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ ।

उहाँ २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो । नेकपा केन्द्रिय सदस्य ठगुन्ना दार्चुला क्षेत्र नम्बर १ बाट २८,९९८ मत प्राप्त गरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि दार्चुलाबाट विजयी हुनुभएको थियो ।

२०७० सालमा तत्कालिन नेकपा एमालेबाट र २०७४ सालमा साविक एमाले र माओबादीको चुनाबी बाम गठबन्धन (नेकपा) बाट प्रतक्ष निर्वाचित नेता ठगुन्नाले प्रतिनिधिसभाको आठ वर्ष लामो यात्रापछि पहिलो पटक मन्त्रीको जिम्मेवारी पाउँनुभएको हो।

२०७० सालमा पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य दिलेन्द्र प्रसाद बडूलाई पराजित गर्दै नेता ठगुन्नाले संबिधानसभा तथा प्रतिनिधिसभाको यात्रा शुरु गर्नुभएको थियो । तत्कालिन एमालेबाट उम्मेदवार बन्नुभएका ठगुन्नाको चुनाबी प्रचार अभियानमा बहालबाला प्रधानमन्त्री केपी सर्मा ओली नै सहभागि भएर गोकुलेश्वर विमानस्थलको एक चुनाबी जनसभालाई सम्बोधन गर्दै दार्चुलाबाट सासंद बनाएर पठाए केन्द्रमा मन्त्री बनाउने प्रतिबद्धता एबं घोषणा गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको आह्वान अनुसार सासंद ठगुन्ना निर्वाचित भएपनि पार्टी भित्रको आन्तरिक विवाद र लबिङमा कमि भएकै कारण त्यतिबेला दार्चुलाले मन्त्री पाएन । तर घोषणाको सात वर्षपछि भएपनि उनै नेता ओलीले नेकपा दार्चुलाका ईन्चार्ज नेता ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउनुभएको छ ।

२०७० सालमा साविक एमालेबाटै विजय प्राप्त गर्नुभएका कम्युनिष्ट नेता ठगुन्नाले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओबादीबिच बाम गठबन्धन भएपछि २८,९९८ मत प्राप्त गरी ठूलो मतान्तरका साथ सहजै विजय हुन सफल हुनुभयो ।

इमानदार विकासप्रेमी नेताका रुपमा परिचित मन्त्री ठगुन्नाले प्रतिकुल परिस्थितिमा मंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बागडोर सम्हाल्ने अवसर पाएकोले कार्यसम्पादनमा धेरै चुनौती रहेको उहाँ निकट नेताहरुले बताएका छन् । यद्धपी अवसर पाएको बेलामा जिल्लाको विकास र समृद्धिका लागि मन्त्री ठगुन्नाको महत्तपुर्ण भूमिका रहनेमा आफुहरु विस्वस्त रहेको विद्यार्थी नेता खेमराज जोशीले बताउनुभयो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ठगुन्ना सहित सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुका साथै केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । मन्त्री र मन्त्रालयको सूचि सहितको जानकारीका लागि यहाँ क्लिक गर्नुहोस

फोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?