सर्वोच्च अदालतको फैसलापछि सुदूरपश्चिमको राजनीति तरङ्गित, मुख्यमन्त्री आफैँ सङ्कटमा

दार्चुला । सर्वोच्च अदालतले पूर्व एमाले र माओवादी केन्द्र ब्युँताएपछि सुदूरपश्चिमका मुख्यमन्त्री पनि अल्पमतमा परेका छन्।

अदालतको फैसलापछि प्रतिनिधिसभामा जस्तै नेकपाको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार पनि अब नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको गठनबन्धन सरकारमा परिणत भएको छ।

योसँगै एमालेले समर्थन फिर्ता लिएको अवस्थामा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट अल्पमतमा पर्ने स्पष्ट छ। सुदूरपश्चिम प्रदेशसभामा ५३ जना प्रदेशसभा सदस्य रहेकोमा हाल नेकपाका ३९, नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन्।

नेकपा पार्टी सिङ्गो रहेको अवस्थामा ३९ जना प्रदेशसभामा रहेपनि अब भने पूर्व एमालेका २५ जना र पूर्व माओवादी केन्द्रका १४ जना प्रदेशसभा सदस्य छन्।

पूर्व एमालेले सरकारको समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीको पक्षमा उहाँ सहित माओवादी केन्द्रका १४ जना प्रदेशसभा सदस्य मात्र उभिनेछन्। यो बीचमा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित पूर्व अर्थमन्त्री झपटबहादुर बोहरा र प्रदेशसभा सदस्य महेशदत्त जोशी नेकपाको ओली समूहमा लागेका थिए।

उनीहरु दुवै जना यदी नेकपा एमालेमा गएको अवस्थामा भने मुख्यमन्त्रीसँग १२ जना प्रदेशसभा सदस्य मात्र रहनेछन्। तर पूर्व माओवादीका प्रदेशसभा सदस्य एमालेमा समाहित भइहाल्ने सम्भावना कम रहेको विश्लेषण गरिएको छ। किनकि पार्टी परित्याग गरेको अवस्थामा उनीहरुको प्रदेशसभा सदस्य पद गुम्ने पक्का छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?