नेपाल कम्युनिस्ट पार्टी एमालेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले दशौँ अधिवेशन आउँदो मङ्सिर २ देखि ६ गतेसम्म हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले आउने महाधिवेशन मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको नेता टोपबहादुर रायमाझीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आज बसेको बैठकले आउँदो मङ्सिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ ।’
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष मात्रै सहभागी केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय लिएको हो । केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन ।





प्रतिक्रिया