दार्चुला । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशको इन्चार्ज तोकेको छ । आज बालुवाटारमा बसेको बैठकले सातै प्रदेशको इन्चार्ज तोकेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकले प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा (बादल) प्रदेश ४ मा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यमलाल कडेँल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।
साथै, बैठकले संगठन विभागको प्रमुखको जिम्मेवारी विष्णु पौडेललाई दिने निर्णय गरेको छ । विदेश विभागको जिम्मेवारी भने डा। राजन भट्टराईले पाउनु भएको छ ।
बैठकले प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित हुनुभएका रामबहादुर थापा ‘बादल’ सहित २३ जना नेताहरूलाई एमालेको केन्द्रीय सदस्यमा समेत मनोनित गर्ने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीले भीम रावललाई हटाएर एमाले सूदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिनुभएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शुक्रबार प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गर्नुभएको हो।
योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।





प्रतिक्रिया