दार्चुला । केपी ओली नेतृत्वको नेकपा एमालेले संसदीय बोर्ड गठन गरेको छ। बोर्डमा झलनाथ खनाल र माधव नेपालसहितलाई समेटेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको दलको बैठकले खनाल-नेपालसहित २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो।
बोर्डको प्रमुखमा दलका नेता ओली छन्। सदस्यहरूमा सुवास नेम्वाङ, विशाल भट्टराई र शान्ता चौधरी पदेन सदस्य बनाइएको छ।
त्यसबाहेक झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, बिमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा शेरबहादुर तामाङ, छबिलाल विश्वकर्मा, रघुबीर महासेठ, नारदमणि राना, मोहन बाँनिया, भुपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र बिमला बिक छन्।
बोर्डमा मनोनित नेता दामोदर भण्डारी बैतडीबाट निर्वाचित सासंद समेत हुन् । बैठकले २७ सदस्यीय संसदीय बोर्डका लागि बाँकी ३ जना पछि मनोनयन गर्ने भएको शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
यसमा खनाल-नेपाल समूहका २ जनाबाहेक बाँकी सबै ओली समूहका छन्।
त्यसैगरी प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन समिति गठन गरेको छ । समितिमा शेरबहादुर तामाङ र विमला राई पौडेल सदस्य हुनुहुन्छ । समितिले संसदीय दलको विधान संशोधनको प्रस्ताव तयार गरी संसदीय दलको बैठकमा प्रस्तुत गर्ने सांसद बस्नेतले जानकारी दिनुभयो ।
बैठकमा यसअघि झलनाथ खनाल–नेपाल पक्षमा सहभागी रहनुभएका सांसदहरु आज संसदीय दलको बैठकमा सहभागी हुनुभएको छ । सांसद बस्नेतकाअनुसार आजको बैठकमा तटस्थ रहनुभएका लालबाबु पण्डित, तुलसा थापा, नेपाल पक्षका गंगा सत्गौंवा थारु, माया ज्ञवाली, विष्णु शर्मा, कलिना खातुनको सहभागिता थियो ।





प्रतिक्रिया