एमाले बैठक : विधान संशोधन प्रस्ताव पारित, गुटका गतिविधि गर्नेलाई स्पष्टीकरण सोधिने

दार्चुला । नेकपा एमालेको संसदीय दलको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संशोधित् विधान पारित गर्दै विधानलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो ।

तीन सदस्यीय कार्यदलले तयार पारेको विधान संशोधन प्रस्ताव पारित भएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । यस्तै नेकपा एमालेको संसदीय बोर्डको बैठकले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्डको बैठकले गुटगत भेला र गतिविधि गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

अस्ति पाँच गते बसेको खनाल–नेपाल समूहका नेताहरु अनुपस्थित भए पनि बैठकले संसदीय बोर्ड गठन गरेको थियो । आज बसेको संसदीय दल र संसदीय बोर्ड दुवै बैठकमा खनाल–नेपाल समूहका नेताहरु भने सहभागी भएनन् । तर बैठकमा वामदेव गौतम भने सहभागी हुनुभएको छ ।

संसदीय बोर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाईसमेत राखिएको छ । यसैबीच, खनाल–नेपाल समूहले प्रधानमन्त्री निवास बालुवाटार पुगेर लिखित पत्र बुझाएको छ । लिखित पत्र बोकेर खनाल–नेपाल समूहका सांसदहरु जीवनराम श्रेष्ठ, सोम पाण्डे र यज्ञराज सुनार बालुवाटार पुगेका थिए ।

बैठक र निर्णयहरु विधान र विधिसम्मत हुनुपर्ने भन्दै खनाल–नेपाल समूहले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलको नेता केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएको हो । यो समूहले आजको बैठक पनि बहिस्कार गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?