कृष्णभक्त पोखरेल ओली समूहमा : भन्छन्, ‘अब मूलधारको एमालेमा लागें’

दार्चुला । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार समूहका सांसद कृष्णभक्त पोखरेल अध्यक्ष केपी शर्मा ओली समूहमा लाग्नुभएको छ । बालुवाटारमा बोलाएको संसदीय दलको बैठमा नजाने समूहको निर्णय विपरित पोखरेल बालुवाटार जानुभएको हो ।

संसदीय दलको बैठकमा बोल्दै पोखरेलले अब मूलधारको एमालेमा लागेको बताउनुभयो । अब प्रधानमन्त्री ओलीलाई साथ दिने बताउँदै पोखरेलले भन्नुभयो, ‘छुट्टै दलको बैठक या संसदीय दलको बैठक बस्नुपर्ने कुरा सकियो । अब मूलधारको एमालेमा लागें, कहीकतै गल्ती भए माफी पाउँ ।’

ओली नेतृत्वको सरकारले पाँच वर्ष काम गर्नुपर्नेमा जोड दिँदै पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने ओलीको अभियानलाई साथ दिने बताउनुभयो ।

पोखरेल यसअघि पनि दलको नेताले बोलाएको बैठकमा जानुपर्ने पक्षमा हुनुहुन्थ्यो । चैत ५ गतेको बैठकमा पनि पोखरेलले बैठकमा जानुपर्ने बताउँदै आउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?