दार्चुला । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको ठाउँमा आफू भएको भए निवासमै पुगी गाला मुसारेर फकाउने बताउनुभएको छ ।
शनिबार आयोजित आफूनिकट युवा संघ नेपालको भेललाई सम्बोधन गर्दै नेपालले नेतृत्वमा आफू भएको अवस्थामा फोनबाट मात्र नभएर निवासमै गएर फकाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेडरुममा पसेर किन रिसाउनुभो भनेर गाला मुसार्ने थिएँ । फकाउन म जान्दछु नि । उहाँको काम होइन रु गार्जियनको काम नै हो फकाउने तर उहाँले त्यो गर्नुभएन ।’
नेपालले आफूहरू ओलीसँग असन्तुष्ट भए पनि छुट्टिहाल्ने पक्षमा नभएको बताउनुभएको छ । आफूहरूको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नतोडिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘हामी केपी ओली विरुद्ध संघर्ष गछौं, तर उहाँसँग छुट्टिइहाल्ने पक्षमा छैनौं । केपी ओलीसँगको मेरो मायाप्रिती कहाँ एक रातमा टुट्छ रु हाम्रो मायाप्रीति ४८ वर्ष पुरानो हो । हामी एकताको हात बढाउन चाहन्छौं ।’
यो पनि पढ्नुहोस : कृष्णभक्त पोखरेल ओली समूहमा स् भन्छन्, ‘अब मूलधारको एमालेमा लागें’
यो पनि पढ्नुहोस : एमाले बैठक स् विधान संशोधन प्रस्ताव पारित, गुटका गतिविधि गर्नेलाई स्पष्टीकरण सोधिने
यो पनि पढ्नुहोस : दुई डुंगामा नेपाल समूहको खुट्टा





प्रतिक्रिया