गृहमन्त्रीद्धारा वार्ताका लागि रेशम चौधरी समर्थकलाई लिखित पत्र

दार्चुला । गृहमन्त्री रामबहादुर थापा बादलले रेशम चौधरी समर्थक तथा संघर्ष समितीलाई वार्ताका लागि लिखित पत्र पठाउनु भएको छ ।

चैत ८ गतेदेखि रेशम चौधरी समर्थकले राजधानीको माईतीघर मण्डालामा धर्ना दिदै आएकोमा शुक्रबार गृहमन्त्री बादलले सरकारसँग वार्ताको आव्हान गर्दै पत्र पठाउनुभएको थरुवट थारुवान संयुक्त संघर्ष समितीका संयोजक रुक्मिणी चौधरीले जानकारी दिनुभयो ।

चौधरीले धर्ना चैत १३ गते शुक्रबारबाटै स्थगन गरिएको पनि बताउनुभएको छ । गृहमन्त्रीको लिखित पत्र प्राप्त भएसँगै संघर्ष समितीले सरकारसँग वार्ताको लागि आवश्यक वातावरण मिलाउने समेत संयोजक चौधरीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?