नेपाल–खनाल समूह संसदीय दलको बैठकमा सहभागी हुने

दार्चुला । नेपाल कम्युनिस्ट पार्टी एमालेको नेपाल–खनाल समूह संसदीय दलको बैठकमा सहभागी हुने भएको छ ।

प्रधानमन्त्री, पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाउनुभएको संसदीय दलको बैठकमा सहभागी हुने निर्णय भएको नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बस्दै छ । बिहीवार पार्टी अध्यक्ष ओलीले संसदीय दलको बैठक आह्वान गर्नुभएको हो ।

संसदीय दलको बैठक बस्नुअघि बसेको खनाल–नेपाल समूहको बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निष्कर्ष निकालेको हो । यस्तै खनाल–नेपाल समूहको बैठकले पार्टीको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक माग गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?