सुदूरपश्चिममा सरकार परिवर्तनको गृहकार्य सुरु

दार्चुला । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तनको लागी गृहकार्य सुरु भएको छ। माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट एमालेको समर्थनमा तीन वर्षअघि मुख्यमन्त्री बन्नुभएको थियो।

उद्योगमन्त्री समेत रहनुभएका एमाले केन्द्रिय सदस्य लेखराज भट्टले प्रदेश सरकारले सोचे जस्तो काम नगरेकाले सरकार परिवर्तनको लागी छलफल सुरु गरिसकेको बताउनुहुन्छ। एमाले केन्द्रिय सदस्य समेत रहेका प्रदेश सभा सदस्य झपट बोहराले आफ्नो दलको नेतृत्वमा सरकार गठनका लागी गृहकार्य सुरु भएको उहाँले बताउनुभयो।

प्रदेश सरकार गठन र एमाले संसदिय दलको नेता परिवर्तनको लागी एमाले सुदुरपश्चिम प्रदेशका नेताहरुले पार्टीभित्र छलफल सुरु गरेको बताईएको छ। त्यसका लागी प्रदेश इन्चार्ज लेखराज भट्ट र संयोजक कर्णबहादुर थापा अहिले धनगढीमा छन्। ‘हामी नेतृत्वमा रहेका व्यक्तिहरू अहिले धनगढी आएका छौं। पार्टीभित्र यसबारेमा छलफल गर्छौं। आम जनताको राय पनि त्यस्तै छ ‘यो प्रदेश सरकारले गति लिन सकेन, अब चांहि यसलाई फाल्नुपर्छ’ भन्ने नै छ’ मन्त्री भट्टले भन्नुभयो ।

भट्ट माओवादी केन्द्रमा हुँदा त्रिलोचनलाई मुख्यमन्त्री बनाइएको थियो। तर, पछि मुख्यमन्त्री भट्ट एमाले नेता रावलसंग निकट भएका थिए। मुख्यमन्त्री त्रिलोचनले प्रधानमन्त्री केपी शर्मा ओली निकट मन्त्री पठानसिंह बोहरालाई पुष १४ मा भौतिक योजना तथा निर्माणमन्त्रीबाट बर्खास्त गरेका थिए भने भट्ट निकट नेता अर्थमन्त्री झपट बोहराले पुष २२ मा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

५३ सदस्य रहेको प्रदेश सभामा एमाले एक्लैसंग २५ सांसद छन्। प्रदेश सभामा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका १४ र राजपासंग २ जना सांसद छन्। जसमा सभामुख एमालेको छ भने उपसभामुख माओवादी केन्द्रसंग छ।सरकार गठनका लागी एमालेलाई राजपाको समर्थन भए पुग्ने अवस्था देखिन्छ।

अहिले मुख्यमन्त्रीको लागी पठानसिंह बोहरा नै बलियो सम्भावना देखिएको एमालेका नेताहरु बताउँछन्। उहाँ मुख्यमन्त्री बन्नका लागि दौडधुपमा समेत लागेको बताइएको छ। एमाले संसदिय दलका नेता भने अहिले रावल पक्षिय नेता प्रकाश शाह रहेका छन्। उहाँलाई पनि परिवर्तन गरेर बोहरालाई दलको नेता चयन गर्ने एमालेको तयारी छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?