‘कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा सुरु र अन्त्य हुन सक्दैन’ : शर्मा

दार्चुला । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मेलम्चीको पानी काठमाण्डौ आइपुग्दा काठमाण्डौवासीले कृष्णप्रसाद भट्टराईलाई सम्झिरहेको बताउनुभएको छ ।

मेलम्चीको पानी काठमाण्डौमा आइपुगेको सन्दर्भमा कुराकानी गर्दै प्रवक्ता शर्माले पानी काठमाण्डौ ल्याइ पुर्‍याउन सबैको कर्मलाई सम्झिनुपर्ने भए पनि कृष्णप्रसाद भट्टराईको नामलाई बिर्सेर मेलम्चीको कथा सुरु र अन्त्य हुन नसक्ने बताउनुभयो ।

उहाँले सरकार र मन्त्रीले भट्टराईलाई बिर्सिए पनि उपत्यकावासीले पानी पिउँदै गरेको हरेक थोपामा सम्झिने विश्वास व्यक्त गर्नुभयो ।

प्रवक्ता शर्माले भन्नुभयो, ‘एउटा विकासको परियोजना ऐतिहासिक रूपमा यसरी सम्पन्न हुँदै गर्दा, यसलाई गौरवका साथ लिँदै कसैको पनि आलोचना गरिरहने भन्दा पनि सबैले गरेको कर्मलाई स्मरण गर्न जरुरी छ । कृष्णप्रसाद भट्टराई मेलम्चीको हरेक थोपासँग गाँसिने नाम हो । कृष्णप्रसाद भट्टराईलाई बिर्सेर मेलम्चीको कथा न सुरु हुने हो न मेलम्चीको कथा अन्त्य हुने हो । न मेलम्ची यहाँ आइपुग्ने हुन्थ्यो होला । सरकारले बिर्सियो होला, मन्त्रीजीले बिर्सिनुभयो होला, अरूले बिर्सिनुभयो होला तर उपत्यकावासी कसैले पनि कृष्णप्रसाद भट्टराईलाई मेलम्चीको सन्दर्भमा हरेक पिउँदै गरेको घुट्कोसँगै, हरेक पिउँदै गरेको थोपासँगै सम्झिनुभएकै छ भनेर हामी विश्वास व्यक्त गर्दछौँ ।’

प्रवक्ता शर्माले मेलम्चीको पानी काठमाण्डौ आउनुले हाम्रो सामर्थ्यको पुष्टि भएको पनि बताउनुभयो । यसले आउँदा दिनमा नवीन परियोजनातर्फ देशलाई लैजानका लागि मार्ग प्रशस्त गर्ने बताउनुभयो ।

नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाण्डौ आइपुगेको विषयलाई अत्यन्तै हर्षका साथ स्वागत गरेको पनि प्रवक्ता शर्माले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?