वार्ता र संवादबाटै पार्टीभित्रको समस्या समाधान गर्न तयार छौंः माधव नेपाल

दार्चुला । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गर्नुभएको छ ।

प्रेस संगठन नेपाल पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले संगठनको विधानअनुसार छलफल गरे समस्याको समाधान निस्कने बताउनु भएको हो ।

उहाँले पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुंग्याउन सकिने बताउनु भयो ।

उहाँले विगतका तीता अनुभवलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरु तयार भए पनि पार्टी नेतृत्वका कारण समस्या यथावत रहेको उहाँको आरोप छ ।

एकार्कालाई निषेध गर्ने प्रवृत्तिले कहीँ नपुग्ने भएकाले वर्तमान समस्याको समाधान वार्ता र संवादबाटै खोजिनु पर्नेमा नेता नेपालको जोड थियो । नेता नेपालले नेता कार्यकर्तामाथि गरिएको कारवाहीले पार्टीलाई कमजोर तुल्याउने बताउनु भयो ।

उहाँले पार्टी विधान र विधिबाट चल्नुपर्ने मान्यता राख्ने नेता÷कार्यकर्तालाई कारवाही गरी कम्युनिष्ट आन्दोलनलाई समेत कमजोर पार्ने र मुलुकमा राजनीतिक संकट उत्पन्न गरेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?